२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

1.1K
Shares

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij