२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

925
Shares

काठमाडौं– लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। यल चलचित्रमा कलाकारहरु मलिका महत अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी आदिको अभिनय रहेको छ ।
चलचित्रको निर्माण दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले संयुक्त रुपमा गरेको हो । कथा, पटकथा, संवाद, निर्देशन लक्ष्मण सुवेदीको रहेको छ भने चलचित्रमा संगीत(दीपक शर्मा र सुवास भुसालको रहेको छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन भने छायाँकन बाबु श्रेष्ठले गरेका छन् ।
सम्पादन तारा थापा किम्भेको रहेको छ । चलचित्रको पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij