काठमाडौं – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मङ्सिर ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बैंकले यस वर्ष नगद लाभांशमात्रै वितरण गर्ने भएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष बैंकले शेयरधनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश र १८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij