काठमाडौं– सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् । आज कर दिवसका अवसरमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्रालि
विषेश उद्योग : एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य : ओसीबी फुड्स एन्ड फिड्स प्राली
सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई
बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन : मनोकामना दर्शन प्रालि
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आईएमई लिमिटेड
व्यक्तिगत आयकर : विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij