२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विश्वकप क्रिकेट : अस्ट्रेलियाले चुम्यो छैठौँ पटक उपाधि

विश्वकप क्रिकेट : अस्ट्रेलियाले चुम्यो छैठौँ पटक उपाधि

960
Shares

अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। आइतबार भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो। यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij