२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

च्याटजिपिटी बनाउने ओपनएआईका सिइओ अल्टम्यान बर्खास्त

च्याटजिपिटी बनाउने ओपनएआईका सिइओ अल्टम्यान बर्खास्त

830
Shares

ओपनएआईका संस्थापक तथा सिइओ शाम अल्टम्यान बर्खास्त भएका छन्। शुक्रबार कम्पनीको बोर्ड बैठकले उनलाई सिइओबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको ठहर गर्दै शुक्रबार अल्टम्यानलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ। उनको बर्खास्तीको कारणबारे त्यसभन्दा बढी खुलाइएको छैन। उनलाई बर्खास्त गरेको खबरले कम्पनीका कर्मचारी पनि अचम्मित भएका छन्। साथै एआई उद्योगमा नराम्रो धक्का लागेको बताइएको छ।

सिइओको बर्खास्तीपछि ओपन एआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्षबाट राजीनामा दिएको रोयटर्सले जनाएको छ। ग्रेगले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटरमा) मार्फत आफूले पद त्याग गरेको घोषणा गरेका हुन्।
ओपनएआइले गत वर्षको नोभेम्बरमा च्याटजिपिटी लञ्ज गरेको थियो। यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ। अल्टम्यानको बर्खास्तीसँगै ओपनएआइका प्रविधि प्रमुख मिरा मुराती कार्यबाहक सिइओ तोकिएकी छन्। कम्पनीले एक स्थायी सिइओको चाँडै टुंगो लाग्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij