काठमाडौं -जाजरकोट भूकम्पपीडितको सहयोगका निम्ति चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख रुपैयाँ मानवीय सहायतास्वरूप प्रदान गरेको छ ।
नेपालका लागि चीनका राजदूत छन सोङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।
चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका निम्ति आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढंगले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij