सरकार दुस्साहस गर्न भन्छ ।
के यसले दिगो र सक्षम बन्छ ?
हात हतियार जब साथ पर्छ ।
दुरुपयोग हुन्न को विश्वास गर्छ?
तीन तह अदालत प्रमाणित गर्छ
कसुरकै किन माफ दिन पर्छ?
झिनो अधिकार दुरुप्रयोग गर्दै ।
जादैछ सरकार नकार जोख सर्दै ।
अस्थिरतामा जे नि गर्न सक्छन् ।
निर्णय गरेरै क्याबिनेट लग्छन् ।
संविधान गुम्छ यस्तै भएमा ।
प्रयोग नराम्रो गलत हात गएमा
सुषुप्त द्वन्द्व बुझे जतातता छ ।
मागिरहेछ अब यहाँ निकास
चरित्र, इमानसहित सेवा खाँचो ।
युवालाई दिनु बाग्डोर साँचो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij