काठमाडौं – एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंकको बिहीबार सम्पन्न ३६०औं सञ्चालक समितिको बैठकले वैद्यलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो।
उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन्।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन्। साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबि निवारण कोषको सदस्य समेत रहेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij