२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन महिनामा तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रियो

तीन महिनामा तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रियो

910
Shares

काठमाडौं – राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना (असोज)मा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिटेन्स भित्रिरहेको छ।

असोजको एक महिनामै भने एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो। यो तीन महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने २१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिमा जानेको संख्या २ लाख ५ हजारभन्दा धेरै हुँदा चालु आर्थिक वर्षको असोजसम्ममा भने एक लाख ६२ हजार छ।
गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij