२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.1K
Shares

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij