२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो

1K
Shares

काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) मंगलबारदेखि खुलेको छ । संस्थाले अंकित मूल्य १०० दरले एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको छ । यसलाई ३० प्रतिशत पुर्‍याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij