काठमाडौं– आजदेखि दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता नभएका डेढलाख माथिका मोबाइल ब्लक गरेको छ । उक्त सिस्टम तयार भएको लामो समयपछि नेपालमा पहिलो पटक मोबाइल बजारलाई नियामन गर्न एमडिएमएस लागू भएको हाे । दुई बर्ष अघि नै सञ्चालनमा आउनुपर्ने यो प्रणाली नियामककै ढिलाइले कार्यान्वयनमा आउन सकेको थिएन ।
नेपालमा हाल ५० लाख हाराहारी फोन एमडिएमएसमा दर्ता छैनन् । आजदेखि एमडिएमएस पूर्णरुपमा कार्यान्वयनमा आउदा दर्ता नभएका मोबाइलमा दुरसञ्चार सेवा अवरुद्ध हुने छ । प्राधिकरणले एमडिएमएस लागु गर्नु पूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पहिला हामी हाई रेन्जका फोनबाट बन्द गर्न सुरु गर्ने भएको छ। एक लाख ५० हजार माथिका फोन पहिलो चरण ब्लक प्राधिकरणले जनाएको छ । त्यसपछि क्रमश अन्य फाने पनि बन्द हुने प्राधिकरणले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij