काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ५७ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij