काठमाडौं – बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।
योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्।
हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ। थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij