२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड उषाले जितिन

सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड उषाले जितिन

2.6K
Shares

काठमाडौ- काठमाडौमा सप्पन्न भएको आठौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा लोकप्रिय मोडल उषा सुवेदीले सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड जितेकी छिन । उनेले “सान बाबु” गीत बाट अवार्ड जितेकी हुन । लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजना भएको अवार्डमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै अवार्ड जित्न सफल भएकी हुन । भोट र निर्णायक समितिको निर्णयको आधारमा अवार्ड जितेकी हुन । उनले यस अघि सगरमाथा म्युजिक अवार्डमा लगातार अवार्ड जितेर ह्याट्रिक गरेकी थिईन । त्यसका अलवा थुप्रै अवार्ड जितेकी छिन । उषाले सयौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन ।
हाल लोक तथा दोहोरी प्रतिष्ठान र म्युजिक भिडियो कलाकार संघको केन्द्रिय सदस्य रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij