२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘हेर्न मन भेट्न मन’ को म्युजिक भिडियो सार्वजनिक

‘हेर्न मन भेट्न मन’ को म्युजिक भिडियो सार्वजनिक

1.7K
Shares

काठमाडौ- गीतकार नारायण नेपालको शब्द रचना रहेको गीत ‘हेर्न मन भेट्न मन’ सार्वजनिक भएको छ । स्वरूपराज आचार्यको स्वर, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ ।

निकेश खड्काको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा हरिओम मंगोल र आँचल गुरुङलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा हरिओम र आँचलको अभिनय सुन्दर देखिएको छ ।

अमृत सुनारको छायांकन, विकास धमलाको दृश्य सम्पादन रहेको गीतलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij