२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

1.2K
Shares

काठमाडौँ– पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ ।
अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।
सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij