काठमाडौं – आज बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४८ अंकले बढ्दै २००७.०६ बिन्दुमा पुगेको छ । १ अर्ब ५९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ बराबरको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार १९.४२ अंकले घटेको नेप्सेमा बुधबार बाउन्सब्याक भएको हो । आइतबार र सोमबार बढेको नेप्से हिजो मंगलबार घटेको थियो । बुधबार भने मंगलबारको गिरावट समेत कभर गर्दै नेप्सेले २००० अंकको बिन्दु पार गरेको हो ।
नेप्सेका अनुसार बुधबार कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij