२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

1.1K
Shares

काठमाडौं -मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको जनाएको छ । विगतदेखि वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा बैंकले कर्जा लगानी गर्दै आएको छ ।
यस सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij