२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

910
Shares

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । सुन आज तोलामा १ सय रुपैयाँले बढेकाे हाे । छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार काराेबार भएकाे थियाे । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij