२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायण रायमाझीले एकल साँझमा गुन्जाए कालजयी गीत

नारायण रायमाझीले एकल साँझमा गुन्जाए कालजयी गीत

1.7K
Shares

काठमाडौँ– दिग्गज संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा उत्रिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ उनले आफ्नो कालजयी गीतबाट दर्शक रिझाएका हुन् ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारको उत्चस्थ पदाधिकारीदेखि गीतसंगीत क्षेत्रका बरिष्ठदेखि कनिष्ठ ब्यक्तिसम्मको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रायमाझीले सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत गीत मार्फत दर्शक मत्रमुग्ध पारेका थिए ।
रायमाझी निर्देशित आगामी कात्तिक ३ गते प्रदर्शन हुने ‘परदेशी २’को पनि प्रचार प्रसार समेत गरिएको कार्यक्रममा शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले साथ दिए ।
पाल्पाको झडेवामा जन्मिएका रायमाझीले गार्खा पल्टन र परदेशी फिल्म यस अगाडि दिइका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजी, एमाले नेता प्रदीप ज्ञवाली, निर्देशक तथा फिल्म अभिनेता नीर शाह, गायक बमबहादुर कार्की, गीतकार कृष्णहरि बराल, कलाकारहरु मदनदास श्रेष्ठ, सन्तोष पन्त, केकी अधिकारीको समेत उपस्थिती थियो ।
रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायतका कलाकारले सहजीकरण गरेका कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गरेकी थिइन् । एकल साँझको प्रायोजकमा नेपाल टेलिकम थियो । आफु निर्वाचित भएर आएदेखि प्रत्येक बर्ष एक जना दिग्गदको एकल साँझ गर्ने उदेश्य सहित यो पटक नारायण रायमाझी साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij