काठमाडौं – लायन्स ईन्टरनेशनल क्लब District 325H, MD 325 नेपालअन्तर्गत लायन्स क्लब भक्तपुर स्वीट होमको नयाँ कार्य समितिको installation & Induction सम्पन्न भएको छ ।
बालुवाटारस्थित बालुवाटार प्यालेसमा भदौ ८ गते डिष्ट्रिक गर्भनर लायन शम्भु बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट लायन सुदामा कार्की क्षेत्रीले विगत १३ वर्षदेखिको गर्नुभएको सामाजिक कार्य, सहयोग र योगदानसँग सम्बन्धित वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै डिष्ट्रिक गभर्नर लायन थापाले भक्तपुर स्वीट होमले गरेको सामाजिक सेवाका कार्यहरु उदाहरणीय र अतुलनिय रहेको बताउनुहुँदै लायनहरुले निःस्वार्थ भावमा सेवा गर्दै जानुपर्ने बताउनुभयो । उहाँले क्लबमा चयन हुनुभएका एख्क्त् टीम र नव प्रवेशी लायनहरुलाई शपथ तथा जिम्मेवारी बारे अवगत गराउनुभएको थियो ।

क्लबका निवर्तमान प्रेसिडेन्ट लायन कपिल बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नवनियुक्त प्रेसिडेन्ट लायन नीता भण्डारीलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
यस्तै, उक्त कार्यक्रममा लायन्स क्लब भक्तपुर स्वीट होमले चार्टर गरेको लायन्स क्लब काठमाडौं कर्मालयले समेत नयाँ कार्य समितिले समेत पदभार ग्रहण गरेको छ । लायन प्रज्ञा कार्कीले कर्मालयको नयाँ प्रेसिडेन्टको रुपमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेसँगै उहाँले सामाजिक सेवाको साथै दुर्गम क्षेत्रमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
यससँगै दुवै लायन्स क्लबले प्रसिडेन्टको रुपमा महिला पाएको छ । अबका दिनमा क्लबले सामाजिक कार्यमा अझ फड्को मार्ने र लायन सदस्यता समेत विस्तार गर्नेमा कार्यक्रममा उपस्थित हुनुभएका लायन लिडरहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स Inertnational District 325 M, MD 325 नेपालका निवर्तमान प्रेसिडेन्ट लायन दिनेश श्रेष्ठ, डिस्ट्रिक फष्ट भिपि लायन बिमल होडा, डिस्ट्रिक सेक्रेटरी लायन रबिन्द्र प्रधान लगायत उच्च पदाधिकारीहरु, लायन्स क्लब भक्तपुर स्वीट होम, लायन्स क्लब काठमाडांै कर्माललय, लायन्स क्लब काठमाडौं काष्ठमण्डप, लायन्स क्लब काठमाडौं युबि गु्रपका लायनहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij