२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टर्कीले मुद्रास्फिति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍यायो

टर्कीले मुद्रास्फिति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍यायो

710
Shares

टर्कीको केन्द्रिय बैंकले बिहीवार उच्च मुद्रास्फिति र मुद्राको उत्तारचढावबिरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पु¥याएको छ । मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने निर्णय गरेको टर्कीको केन्द्रिय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फिति अत्याधिक बढेको छ । मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ । जुन २२ मा केन्द्रिय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij