२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पेरुको आगलागीमा दुईको मृत्यु, १२ घाइते

पेरुको आगलागीमा दुईको मृत्यु, १२ घाइते

565
Shares

दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले जनाएको छ । इहुआल्लो जिल्लामा आईतवारबाट शुरु भएको आगलागीले जीवजनावरका साथै प्राकृतिक वातावरणमा ठूलो असर परेको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । डढेलोले जिल्लाको करव २ सय हेक्टर क्षेत्रफल, वन्यजन्तु, वनस्पति र घरहरुमा क्षति पु¥याएको । स्थानीय संस्थाहरुको सहयोगमा स्थानीयहरुको उद्धार गर्ने क्रम जारी छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij