काठमाडौं – नेपाल बैंकले शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत हुने गरी उक्त कर्जा योजना ल्याएको जनाएको छ ।
उक्त कर्जामा सुलभ व्याजदर कायम गरिएको बैंकले जनाएको छ । ५० लाख भन्दा बढिको कर्जामा प्यान अनिवार्य गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर कर्जा प्रवाह गरिने जनाएको छ ।
यस योजना अन्तर्गत न्यूनतम ऋण सीमा २,००,००० हुने बैंकले जनाएको छ । यस ऋणको अधिकतम अवधि एक वर्षको हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij