पूर्वि अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमवार भएको बिस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सोमवार भएको बिस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ । पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही हरणार्थीहरुल र खोस्टका बासिन्दाहरु सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपाचार भइरहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij