काठमाडौं– सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक बढसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब ६८ करोडको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६७ वटा धितोपत्रको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij