काठमाडौं – बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ। आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आइतबार सम्झौता भई यो सेवा सुरू भएको हो। सम्झौता अनुसार, अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्नेछन्।
साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको नि:शुल्क कुपन पनि प्राप्त गर्न सक्नेछन्। आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमीमा निर्वाह गर्ने कम्पनीले जनाएको छ।
साथै, आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहि तथा सहुलियपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij