२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

सिन्धु विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

670
Shares

काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रेहको एक लाख ३४ हजार २३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदककाे लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालयमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

बैंकका अनुसार तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij