काठमाडौं – प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते सकिएको थियो । सञ्जीव स्थापनाकालदेखि नै सो बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । कामु सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको छ । तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij