काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij