काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार ७१८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक सेयरधनीलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भरी कुनै पनि आवेदन नपरेपछि उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनी सेयरधनी डिल बहादुर वंशी मगरले सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १५ गते) ले ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल वा बैंको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij