२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

1.1K
Shares

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पुरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत पाएको हो ।

कम्पनीले सूचना जारी गर्दै सञ्चालक समितिको निर्णय बमोजिम शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगाएतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटललाई जिम्मेवारी दिईएको बताएको हो ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी असार ३१ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी रहेको छ । शेयर रजिष्ट्रारको समन्वयमा कम्पनीले छिटैनै दोस्रो बजारमा शेयर सूचीकृत गराउने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले प्रिमियम मूल्य सहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रूपैयाँ र आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रूपैयाँमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानीकोषमा ३ लाख २८ हजार ९६१ कित्ता, कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूमा ७७ हजार २९० कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीमा संस्थापक तर्फ भने ३ अर्ब १७ करोड ७५ लाख २० हजार ५०० रकम चुक्ता भएको छ । संस्थापक तर्फको समेत कुल ३ अर्ब ९७ करोड १९ लाख ६०० बराबरको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij