२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

745
Shares

काठमाडौं – मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको दोस्रो बैठकबाट उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको थियो । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij