काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस बापत ६ लाख ५५ हजार ८६२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij