काठमाडौ – काठमाडौ जिल्लाको उत्तरी भेगमा रहेको टोखा नगरपालिकाले नगर भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै आएको छ ।

यसैक्रममा टोखा नगरपालिका वडा नं ८ दुप्चेश्वर टोलको बिभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गा लामो समय देखि व्यक्तिले भोगचलन गर्दै आएको थियो र नगरपालिकाले विभिन्न सुचना, प्रत्यक्ष भेटगरी जग्गा खाली गर्नको लागि अनुरोध गरिरहेको हुँदा पनि जग्गा खाली नगरी उपभोग गरिरहेको हुँदा उक्त जग्गामा आज डोजर चलेको होे ।
उक्त जग्गामा संरक्षणको लागि नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी आफै फिल्डमा डोजर लिएर निस्कनु भएको छ । नगर प्रमुख अधिकारीले नगर भित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले उपभोग गर्न नमिल्ने बताउनु भयो । साथै नगरपालिकाले सार्बजनिक जग्गा संरक्षणको लागि कुनै कसुर बाकी नराख्ने पनि स्पष्ट पार्नु भयो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, वडा अध्यक्ष रमेश खत्री लगायत अन्य वडाका वडा अध्यक्षसहितको जनप्रतिनिधि, नगर प्रहरी प्रमुख प्रकाश भण्डारि लगायतको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij