काठमाडौं – नेपाल राष्ट्र बैंकले पारित गरेको मौद्रिक नीति सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि केन्द्रीय बैंकले नयाँ मौद्रिक नीति जारी गरेको हो ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो । यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अङ्कुशका रुपमा यथावत राखिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij