काठमाडौं – आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो । साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि आजको कारोबारको सुरुवाती समयदेखि नै नेप्से परिसूचक बढेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij