काठमाडौं– नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई नेशनल बेस्ट प्रजेन्टेड अर्वाड (बिपिए) अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।
एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो।
अघिल्ला वर्षहरूमा पनि एनसिएचएलले आइक्यान तथा साउथ एशियन फेडेरेशन एकाउन्टेन्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरू प्राप्त गरिसकेको छ।
सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसिएचएलले दोस्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ‘साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पनि प्राप्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij