२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

1.4K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार तोलामै एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij