काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रा कायमै रहेको छ । सोमबार उच्च अंकले बढेको नेप्से आज पनि सामान्य अंकले बढेर बन्द भएको हो ।
नेप्सेका अनुसार आज ९.९१ अंकले बढेर नेप्से दुई हजार एक सय ५४ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज तीन अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij