२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

850
Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ । आइतबार बसेको निगम संचालक समितिको बैठकले इन्धनमा स्वाचालित मूल्य प्रणाली लागू हुने निर्णय गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार अब डिलेमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण हुने निगमले जनाएको छ । यद्यपि, खाना पकाउने ग्यासको मूल्यमा भने नाफा नराख्ने निगमको भनाई छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय भएको छ । घटेको मूल्य आजैदेखि लागू हुनेछ । निगमका अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ र पट्रोलको भाउ प्रतिलिटर ६ रुपैयाँले घटेको हो । यस्तै खाना पकाउने ग्यासको मूल्य १० रुपैयाँले घटाउने निगमको निर्णय छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । यस्तै, ग्यासको मूल्य भने अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij