२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निक्षेपको ब्याजदर निर्धारणमा तोडियो कार्टेलिङ

निक्षेपको ब्याजदर निर्धारणमा तोडियो कार्टेलिङ

1.1K
Shares

काठमाडौं – वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर निर्धारण गर्न खुला भएको छ । हालसम्म नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ ।

नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर संघले तोक्दै आएको ब्याजदरबारे निर्णय गर्न सक्ने गरी सबै सदस्य बैंकलाई सुविधा दिने भएको संघका एक बोर्ड सदस्यले बताए । आउदो साउन १ गतेदेखि बैंकहरुले आफैं व्याजदर निर्धारण गर्न सक्ने भएका छन् । बैंकर्स संघले केही वर्षदेखि आपसी सहमतिमा ब्याजदर निर्धारण गर्दै आइरहेका थिए।

बैंकर्सहरूले ब्याजदर निर्धारण गर्दा अहिले पनि राष्ट्र बैंकले दिएको सीमा भने परिपालना गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij