२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

585
Shares

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले लेखेका छन् –”सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु।”
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेर चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij