२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

885
Shares

काठमाडौं– गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका हुन्।

बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ। यसैगरी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकका रुपमा नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij