काठमाडौं- नेपाल फाइनान्सको ११ लाख १६ हजार ६१६ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। कम्पनीले सेयर बोलकबोल गरेर बिक्री गर्ने जनाएको छ।
इच्छुक जोकोही व्यक्ति वा संस्थाले आवेदन दिन मिल्छ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ छ। तोकिएको मूल्य वा त्योभन्दा बढी तोकेर बोलकबोल पेस गर्नुपर्ने हुन्छ।
यस्तै, न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने सर्त छ। असार २९ गतेदेखि शिलबन्दी आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ। साउन १२ गतेसम्म बुझाइ सक्नुपर्नेछ। बोलकबोल फारम फाइनान्सको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट पाउन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij