२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र ब्रोकरका अध्यक्ष सागर ढकाल पुँजी बजार फोरमको सदस्यमा चयन

धितोपत्र ब्रोकरका अध्यक्ष सागर ढकाल पुँजी बजार फोरमको सदस्यमा चयन

830
Shares

काठमाडौं – पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन्। धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन्।

नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईंको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन्।

लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास रहेको छ। ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुन्।

ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा सञ्चालकको रुपमा रहेर काम गरेको अनुभव रहेको छ। व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन्। हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्य समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij