२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बाँडफाँट

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बाँडफाँट

745
Shares

काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकोमा २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ५० हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनको लागि छुट्याएको थियो।

सो सेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअनिष्कासन गरिसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij