काठमाडौं – ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिनाधितो प्र्रदान गर्ने बैंकले जनाएको छ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैंकले उल्लेख गरेको छ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले नेपाल, भारत र भुटान बाहेक मलेसिया, साउदीअरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij